मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा
काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदान आइतबार भएको खेलमा मनाङले एनआरटी क्लबलाई ४–१ गोलले हरायो ।
एनआरटीविरुद्ध सानदार प्रदर्शन गरेको मनाङले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो । एनआरटीले दोस्रो अन्तिममा सान्त्वना गोल फर्काएको थियो । मनाङको जितमा विमल रानाले ३५ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । उनले कमल श्रेष्ठको पासमा गोल गरेका थिए । अन्जन बिष्टले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । एनआरटीका रक्षकले अन्जनलाई फल हानेपछि पाएको पेनाल्टीमा अन्जन आफैले गोल गरे । अन्जनले ६५औं मिनेटमा ब्यक्तिग दोस्रो गोल गरेका थिए ।
मनाङले दोस्रो हाफको इन्जुरी समयमा चौथो गोल थपेको थियो । भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाईलाई सजिलै जिताए । दयानन्दले भिडाल लुईसको पासमा गोल गरेका थिए । यसअघि एनआरटीका सकल रेग्मीले ८८ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । दुई गोल गरेका मनाङका अन्जन बिष्ट म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ परस्कार पाए । जितसँगै मनाङले ११ खेलबाट २२ अंक बनाएको छ । एनआरटी १५ अंकसहित तालिकाको आठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २६ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको २५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण