राजधानीमा लाग्यो नारा– फास्ट ट्रयाक खारेज गर (फोटोफिचर)
काठमाडौँ । संघीय राजधानीलाई तराई–मधेससँग जोड्ने सबैभन्दा छोटो सडकमार्गका रुपमा निर्माणाधीन ‘फास्ट ट्रयाक’ खारेज गर्न राजधानीमा जुलुस निकालिएको छ । मंगलबार सडक विस्तार पीडित विभिन्न संघर्ष समितिले संयुक्तरुपमा जुलुस निकाल्दै काठमाडौँ–निजगढ फास्ट ट्रयाक खारेज गर्नुपर्ने माग गरे । उनीहरुले विभिन्न सडक विस्तारका क्रममा ऐतिहासिक सम्पदा मास्ने, स्थानीय बासिन्दालाई मर्कामा पार्ने गरिएको भन्दै सडक विस्तार एवं अन्य विकास आयोजनाको विरोधसमेत गरे ।

¥यालीमा सहभागीहरुले बोङा खोनामा बागमती करिडोर चाहिँदैन, बोङा खोनामा बागमती फोहोर ट्रिटमेन्ट परियोजना चाहिँदैन, बोङा खोनामा सुरुङमार्ग चाहिँदैन, कृषि भूमि संरक्षण गर– खाद्यान्न आयात बन्द गर, सांस्कृतिक सम्पदा संरक्षण गर, बोङा खोनामा बाह्य चक्रपथ चाहिँदैन, आदिवासीहरुलाई उठिबास गर्न पाइदैँन, हाम्रो भूमि कुनै पनि क्षतिपूर्तिमा तुलना गर्न सकिदैँन, फास्ट ट्रयाक खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । जावलाखेलमा भेला भएर निकालिएको ¥याली पुल्चोक, थापाथली हुँदै माइतीघर मण्डला पुगेर कोणसभामा परिणत भएको थियो ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण