एमसीसी संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र
काठमाडौं– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिएको दाबी गरेको छ । पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरु सभामुखलाई ज्ञापन पत्र बुझाउन पुगेका थिए ।
सभामुख सापकोटाले ज्ञापन पत्र बुझेपछि एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे । यसैबीच संवाददाताहरुसित संक्षिप्त कुरा गर्दै सभामुख सापकोटाले क्यानेडियन सभामुखसँगको भेटघाटबारे आएका समाचारमा सत्यता नभएको बताएका छन् । उनले भेटबारे कुनै कार्यक्रम नै नभएकाले स्वीकार/अस्वीकारको प्रश्नै नउठ्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण