आठ गोलको थ्रिलरमा पीएसजी एमिन्ससँग बराबरीमा रोकियो
फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा रेलिगेसनको सङ्र्घमा रहेको एमिन्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले एमिन्ससँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
स्टार खेलाडी केलियन एमबाप्पे र नेयमारबिनै खेलेको पीएसजीविरुद्ध घरेलु टोली एमिन्सले सानदार प्रदर्शन गरेको थियो ।
खेलमा सुरुवाती अग्रता एमिन्सले लिएको थियो । सेहरो गुरासीले पाँचौ मिनेटमा एमिन्सलाई अग्रता दिलाए । २९ औँ मिनेटमा गेल काकुटाले गोलगर्दै एमिन्सको अग्रता दोब्बर बनाए । ४० औँ मिनेटमा फौसिनी डायबेटले मिनेटमा गोल गर्दै एमिन्सलाई बलियो बनाए । त्यसपछि पीएसजीले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल फर्कायो । पीएसजीका एन्ड्रे हेरेराले गोल गरे । नियान्जो कोवासीले ६० औँ र ६५ औँ मिनेटमा गोलगर्दै खेललाई बराबरीमा ल्याए । मोउरो ईकार्डीले ७४ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अगाडी बढाए ।
खेलको अन्तिम मिनेटमा एमिन्सका सेहरो गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २५ खेलबाट ६२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेको ४९ अंक छ । पीएसजीसँग एक अंक बाँडेको एमिन्सको २१ अंक छ । एमिन्स रेलिगेसनको चपेटामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण