ललिता निवास प्रकरण : सीआईबीमा ठगी मुद्दा दर्ता
काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका आरोपितविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
सीआईबीका प्रमुख डीआईजी निरज शाहीका अनुसार गृहमन्त्रालयको जाहेरीको आधारमा उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता भएसँगै आरोपित बनाएकालाई पक्राउ गरेर सीआईबीलाई थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको डीआईजी शाहीले बताए
आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुनसक्छ व्यवस्था रहेको छ ।
ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते पूर्व उपप्रधामन्त्री विजय गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण