सेल्टा भिगोसँग बराबरीमा रोकियो रियल
स्पेनिस महारथी रियल म्याड्रिडले ला लिगा फुटबलमा बराबरीमा खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
रियलका लागि टोनी क्रुस र कप्तान सर्जियो रामोसले गोल गरे । सेल्टाका फेडर स्मोलोभ र सान्टी मिनाले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता सेल्टा भिगोले लिएको थियो । पाँचौ मिनेटमा फेडेर स्मोलोभले गोल गर्दैपाहुना टालीलाई अग्रता दिलाए । उनले इयागो आस्पासको पासमा गोल गरेका थिए ।
इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेको खेलमा रियलले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्कायो । ५२ औँ मिनेटमा टोनी क्रुसले मार्सेलोको पासमा गोल गरेका थिए । ६५औँ मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियाललाई अगाडी बढाए । हजार्डलाई डिबक्स भित्र सेल्टा भिगोका गोलरक्षक रुवेन ब्लान्कोले लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।

तर, सेल्टाभिगोले ८५औं मिनेटमा बराबरी गोल फर्कायो । डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल नहुँदा रियल अङ्क बाँड्न बाध्य बन्यो ।
बराबरीसँगै शीर्ष स्थानमा रहेको रियलले दोस्रो स्थानको बार्सिलोनालाई एक अंकले पछि पारेको छ । रियलको २४ खेलबाट ५३ अङ्क छ । बार्सिलोनाको ५२ अंक छ । रियललाई रोकेको सेल्टा भिगो २१ अंक सहित १७औं स्थानमा छ । आइतबार रातिनै भएको अन्य खेलमा ग्रानाडाले रियल भालाडोलिडलाई २–१ र ओसासुनाले एथ्लेटिक बिल्बाओलाई १–० गोलले हरायो । सेभिया र एस्पान्योलले २–२ तथा रियल बेटिस र लेगानेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण