टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु
मङ्गलबार, ०६ फागुन २०७६, १४ : २५
सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।
सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण