फागुन १४ को स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित
मङ्गलबार, ०६ फागुन २०७६, १७ : ५८
काठमाडौं । आगामी फागुन १४ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको जनाएको हो ।
त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने पुस २० गते निर्णय गरेको थियो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १४ गतेसम्म मात्र थप गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण