भारतले हामीसँग राम्रो व्यवहार गरेनः ट्रम्प
अर्को हप्ता भारत यात्रामा जान लागेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग ठूलो व्यापार सम्झौता भविष्यमा कुनै पनि बेला गर्ने बताएका छन् । उक्त सम्झौता यस वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनाव अघि हुने–नहुने भन्ने कुरामा आफू अनभिज्ञ रहेको उनले बताएका छन् ।
वासिङ्टनमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, ‘हामीले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना छ । तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु । हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनाव अघि हुने नहुने कुरामा भने निश्चित छैनौं ।’
समाचार एजेनसी पीटीआईले आफ्नो एक रिपोर्टमा ट्रम्पको यात्राको क्रममा भारत र अमेरिकाको एक ट्रेड प्याकेजमा हस्ताक्षर हुनसक्ने सम्भावना व्यक्त गरेको छ ।
ट्रम्पले पत्रकारसँगको कुराकानीमा आफू भारत भ्रमणका लागि उत्साहित भएको बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ, उनले मलाई एयरपोर्ट र कार्यक्रमबीच सत्तरी लाख जनता हुने बताएका छन् । अहिले बनिरहेको उक्त स्टेडिम संसारकै ठूलो स्टेडियम भएको मलाई थाहा छ । उनले मलाई एयरपोर्ट र स्टेडियमबीच सत्तरी लाख मानिस हुने बताएका छन्, त्यो निकै रोमाञ्चक हुनेछ ।’
अमेरिका र भारतको व्यापार सम्बन्ध आजकाल त्यति राम्रो छैन । राष्ट्रपति ट्रम्पले मोदीको तारिफ त गरे तर भारतसँग व्यापार सम्बन्धको विषयमा आफ्नो असन्तुष्टि पनि व्यक्त गरे ।
उनले भने, ‘भारतले हामीसँग राम्रो व्यवहार गरेन । मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २४ र २५ फेब्रुअरीमा दुई दिवसीय भारत भ्रमणमा हुनेछन् । उक्त भ्रमणका बेला दुई देशबीच व्यापार सम्झौता हुने कयास लगाइए पनि ट्रम्पले भने सम्भावित सम्झौताका लागि केही समय लाग्न सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण