श्रीमान्को पार्थिव शरीरलाई पत्नीले दिइन् दागबत्ती, छोरीले काँध
जनकपुर । धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृत्युपछि चितामा दागबत्ती दिएकी छन् ।
सबैला नगरपालिका– २ बस्ने ६५ वर्षीय रामनारायण यादवको निधन भएपछि छोरीहरुले नै काँधमा बोकेर शवलाई मसानघाटसम्म लगेको थिए भने ६२ वर्षीय पत्नी रवियादेवीले दागबत्ती दिइन् ।
मृतक रामनारायण यादवका ५ छोरी छन् । जेठी नेतुर देवी यादव, माहिली राजोदेवी यादव, साहिली प्रमिलादेवी यादव, काइली अनितादेवी यादव र कान्छी गोर्की यादवले बुवाको शवलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको मसानघाटसम्म काँधमा बोकेर लगेका थिए ।
घाटमा पुगेपछि चितामा राखिएको शवलाई ६२ वर्षीया रवियादेवी यादवले दागबत्ती दिएकी थिइन् ।
तराई मधेसमा यस प्रकारका सामाजिक संस्कारमा छोरा नै चाहिने परम्परा छ । छोरा नभएका कारण रामनारायणको शव छोरीहरुले बोकेर घाटसम्म लगेका हुन् भने दागबत्ती पत्नीले दिएकी हुन् ।
सबैला नगरपालिका वडा नम्बर २ बस्ने जगत साहले मृतक यादव प्रत्येक दिन बिहान उठेर सीताराम जप्दै गाउँ घुम्ने र साँझमा दूर्गा मन्दिरमा पूजापाठ एवं आरती गर्ने गरेको बताए । उनका छोरी र पत्नीले गरेको कार्यको प्रशंसा नै जगतले भने, ‘समाजमा परिवर्तन देखापर्नु समय परिस्थिति अनुसार सही हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण