खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्योः योजना आयोग
काठमाडौँ । राष्ट्रिय योजना आयोगले बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्ने गरेको बताएको छ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा राष्ट्रिय आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बजेट खर्च बढी भएको देखाउन अर्थमन्त्रालयले रकमान्तर गरी एकातिरको बजेट अर्कोतिर खर्च गर्ने गरेको बताएका हुन् ।
उनले भने, ‘बजेट खर्च तोकिएको सेक्टरमा नहुने भएपछि पछिल्लो अवधिमा आएर अलिकति परिवर्तन गरेर अर्थमन्त्रालयले हिजोको मापदण्डमा परिवर्तन गरेर फेरि अलिबढी खर्च गराउनको लागि एकातिर एलोकेसन गरेको बजेट अर्कोतिर एलोकेट गर्नुपर्ने त्यस्तो खालको स्थिति पनि हुँदोरैछ ।’ उपाध्यक्ष कंडेलले योजना बनाउने काममा पनि मन्त्री र सचिवलाई थाहै नदिई तल्लो तहबाट नै योजना छानौट गरी आयोगमा पठाउने गरेको खुलासा समेत गरे ।
उनले भने, ‘अब योजना बनाउने सन्दर्भमा हेर्ने हो भने तलदेखिमाथि सम्म पनि नजोडिएको महसुस भयो, मन्त्रीलाई थाहै हुँदैन कतिपय कुराहरु सचिव सम्मलाई अलिअलि थाहा हुन्छ । सहसचिव, उपसचिव आदिले बनाएर योजना पठाइदिन्छन ।’ उनले मन्त्रालयबाट आएका योजना कुन प्रक्रियाबाट आएको हो भन्ने आयोगलाई थाहा नहुने बताए ।
समिति सदस्य एवं सांसद डा. बाबुराम भट्टराईले योजना आयोगको नीति निर्माणको विषयमा प्रष्ट भूमिका नभएको बताए । उनले योजना आयोगलाई नै शक्तिशाली बनाउनुपर्नेमा जोड दिए । आयोजना छनौट र आयोजना बैंकको मात्र कुरा नभएर नीति निर्माण र रणनीतिक योजना नै पहिलो बनाउनुपर्ने उनको तर्क थियो ।
समिति सदस्य एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले वैदेशिक कुराहरुलाई कपी गरेर यान्त्रिक कुरा गरेर देशको राष्ट्रिय विकासमा अवरोध गर्ने गरिएको बताए ।
बैठकमा पूँजीगत खर्च, आयोजना बैंक र बजेट समर्पण सम्बन्धी विषयमा छलफल भएको थियो । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले देशको अर्थतन्त्र तथा विकास निर्माणका विषमा भएको पछिल्लो अवस्थाका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण