इन्डोनेशियाको किड्स प्लानेट इन्टरनेशनलमा नेपाली बालबालिका
काठमाडौं । इन्डोनेशियाको बालीमा आयोजना हुने ‘किड्स प्लानेट इनटरनेशनल २०२०’मा नेपालका ७ बलाबालिकाले सहभागिता जनाएका छन् ।
उक्त प्रतियोगितामा सहभागी जनाउन ‘किड्डी फेस अफ दि इयर २०२०’का विजेता चिराग बजगाई, पेमा डोमा लामा, जयश अग्रवाल, प्रतीक भट्ट, याकिन अर्याल, समीरा मकाला, सान्वी स्वर इन्डोनेशिया उडेका छन् ।
इन्डोनेशियाको शहर बालीमा १८ देखि २३ फेब्रुअरीसम्म आयोजना हुने ‘किड्स प्लानेट इनटरनेशनल’मा सहभागी हुन उनीहरु सोमबार राती त्यसतर्फ उडेका हुन् ।
इन्डोनेशिया र नेपालका २० बढी बालबालिकाको सहभागिता रहने उक्त प्रतियोगितामा बालबालिकाले नेपाली कलासंस्कृतिको समेत प्रचार गर्नेछन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएको हो ।
प्रतियोगितामा बालबालिका लिएर कोरियोग्राफर तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजु, फेसन डिजाइनर श्रीषा बैदार फैजु समेत इन्डोनेशिया उडेका हुन् ।
बालबालिकालाई ब्यक्तित्व बिकाश र क्षमता अभिबृद्धी गर्ने उदेश्यका साथ आयोजना हँुदै आएको ‘किड्स प्लानेट इनटरनेशनल’मा फेसन डिजाइनर श्रीषाले नै तयार पारेको नेपाली कलासंस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा बालबालिकाले आफ्नो प्रस्तुति दिनेछन् ।
प्रतियोगितामा नेपाली कलासंस्कृति, गीत संगीत सहित ‘भिजिट नेपाल २०२०’को समेत प्रचार गर्ने रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजुले जानकारी दिए । सबै प्रतियोगी बिभिन्न प्रशिक्षण सहित त्यसतर्फ सहभागी हुन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण