रहेनन् ‘कट’, ‘कपी’, ‘पेस्ट’ का आविष्कारक
सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए ।
उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो ।
उनले अधिकांश समय काम गरेको ‘जेरक्स’ कम्पनीले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘कट, कपी र पेस्ट, फाइन्ड एण्ड रिप्लेस लगायतका आविष्कारक जेरक्सका पूर्व अनुन्धानकर्ता ल्यारी टेस्लर थिए,’ कप्पनीले ट्वीटमा भनेको छ, ‘तपाईंले गर्ने दैनिक काम उनकै क्रान्तिकारी विचारले सजिलो बनेको छ ।’
टेस्लरको जन्म सन् १९४५ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए ।
विश्वविद्यालयबाट ग्राजुएसन सकेपछि उनले आफ्नो जीवन कम्प्युटर सिस्टमको प्रयोगलाई सहज बनाउन व्यतित गरेका थिए ।
उनले लामो समय जेरोक्स कम्पनीमा काम गरे भने १७ वर्ष एप्पल कम्पनीमा मुख्य वैज्ञानिको रुपमा पनि काम गरे । त्यस्तै, एमाजन र याहूमा पनि उनले केही समय काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण