अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लन्डनमा (तस्बिरहरु)
लन्डन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत आइपुगेकी छन् । आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी हुन गैरहेको नेपाली चलचित्र ‘मारुनी’ को विशेष शो का लागि साम्राज्ञी लन्डन आएकी हुन् ।
उनका साथमा निर्माता पुनम गौतम पनि आएकी छन् । स्थानीय व्यवसायी एवं गैर आवासीय नपाली संघ यूकेका उपाध्यक्ष समेत रहेका सुनिल बाबु खड्काको व्यक्तिगत पहलमा ‘मारुनी’ फिल्मको प्रदर्शन गर्न लागिएको हो ।
नेपाली भाषा र कलालाई विदेशी भूमिमा रहेका सम्पूर्ण नेपालीहरुमाझ पुर्याउने उद्देश्यले ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई चलचित्र हेर्न निशुल्क प्रवेशको व्यवस्था मिलाइएको खड्काले जानकारी दिए।
नवल नेपालको निर्देशन रहेको चलचित्र मारुनीले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा साम्राज्ञीको राज्य लक्ष्मी शाहका साथै रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ ।
लण्डनको हिथ्रो विमानस्थलमा उत्रिएकी अभिनेत्री साम्राज्ञीले भोलि प्रदर्शन हुन गैरहेको ‘मारुनी’ चलचित्र हेर्नका लागि सम्पूर्ण बेलायतवासीलाई अनुरोध गरेकी छन् । नेपालमा धेरै दर्शकहरुले मन पराएको र सबैले रुचाएको यस चलचित्रलाई हेरेर नेपाली फिल्मप्रति माया र सद्भाव राखिदिन पनि साम्राज्ञीले अनुरोध गरेकी छन् ।
निर्मात्री पुनम गौतमले पनि चलचित्र हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि बेलायतवासी समक्ष अनुरोध गरेकी छन् । चलचित्र ‘मारुनी’ बेलायतका अन्य विभिन्न शहरमा पनि प्रदर्शन गरिनेछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण