जनयुद्धको आधार क्षेत्र ‘थवाङ’ पुगे उपराष्ट्रपति पुन
रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी जनयुद्धको आधार क्षेत्र मानिएको रोल्पाको थवाङ पुगेका छन् । उपराष्ट्रपति पुनका साथमा ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि थवाङ पुगेका छन् ।
यस्तै नेकपा प्रदेश–५ की अध्यक्ष तथा पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री दलजित श्रीपाली पनि उक्त टोलीमा छन् । उपराष्ट्रपति पुनसहितको टोली थवाङस्थित वीर भलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्ने कार्यक्रममा सहभागी हुन थवाङ आएको हो । टोलीलाई थवाङमा बाजागाजासहित स्वागत गरिएको छ ।
उपराष्ट्रपति पुनले आफू सात वर्षपछि थवाङ आएको बताए । उपराष्ट्रपति भएपछि उनको यो पहिलो थवाङ आगमन हो । उपराष्ट्रपति पुनले थवाङको परम्परागत स्वरुपमा धेरै परिवर्तन आएको अनुभूति गरेको बताए । ‘म पहिला आउँदा यहाँ सडक थिएन’, पुनले भने,‘अहिले फराकिलो सडक बनिसकेछ । थवाङले विकासको स्वाद चाख्न थालेछ ।’
ऊर्जामन्त्री पुनले वर्तमान सरकारले थवाङको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । अधिकांश भू–भागमा सडक सञ्जाल पुगेको बताउँदै उनले गत वर्षदेखि नै सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको जनाए ।
उनी ऊर्जामन्त्री भएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थवाङलाई लक्षित गरी थवाङ गाउँपालिका–१ स्थित विवाङमा १ सय ५० किलोवाट क्षमताको सोलार प्लान्ट निर्माणको काम जारी छ । आगामी जेठमा आयोजनाको निर्माण सम्पन्न हुने लक्ष्य रहेको थवाङ गाउँपालिकाका प्रशासन अधिकृत नर रावतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण