‘परदेशी–२’ को शुभमुहूर्त
काठमाडौं । फिल्म ‘परदेशी–२’को शुभमुहूर्त भएको छ । ललितपुरको कार्य विनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभमूर्हत गरिएको हो । सो अवसरमा फिल्मका कलाकार तथा निर्माण युनिटको उपस्थिति रहेको थियो ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’ फिल्मका लेखक, निर्देशक नारायण रायमाझीले ‘परदेशी–२’ निर्देशन गर्न लागेका हुन् । आफुले सुरुदेखि समाजको बिषयमा फिल्म बनाउदै आएकोले ‘परदेशी–२’ पनि त्यस्तै बिषयमा बनाउन लागेको निर्देशक रायमाझीले बताए । उनले सकारात्मक परिवर्तनका लागि सन्देशमूलक फिलम आफुले दिने सुनाए । भने ‘नेपाली गाउँबस्ती रित्तिएको कथामा फिल्म बन्दैछ ।’
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहने फिल्ममा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ । फिल्ममा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको संगीत रहने छ ।
प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर रहेको फिल्ममा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन रहने छ ।
फिल्म पोखरा, पाल्पा,काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाँकन हुने कार्यक्रममा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण