कोरोना भाइरसको त्रासः इपिएसमार्फत दक्षिण कोरिया जाने नेपालीहरुको उडान सारियो
काठमाडौं । दक्षिण कोरियामा नोबेल कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ जाने तयारीमा रहेका नेपालीहरुको उडान सारिएको छ । यसैहप्ता दक्षिण कोरियामा जान तयार ५० जना नेपालीको उडान मिति सार्ने निर्णय गरिएको इपिएस कोरिया शाखाका प्रमुख कृष्ण खनालले बताए । इपिएसमार्फत दक्षिण कोरिया जान लागेका नेपालीहरुको उडान मार्च तेस्रो सातापछि गरिने उनले बताए ।
फागुन १८ गते नेपाली कामदार पठाउने भनिए पनि यस विषयमा छलफल गरेर विभागले निर्णय लिने उनले बताए । ‘यस उडानलाई नेपालले स्थगित गरेको होइन,’उनले भने,‘दक्षिण कोरियाले उडानलाई सारेको हो ।’
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि सम्पूर्ण प्रक्रिया पुरा गरेर दक्षिण कोरिया जान तयार भएका नेपालीको उडान केही समयका लागि सारिएको हो । दक्षिण कोरियामा करिब ४० हजार नेपाली कामदार छन् ।
नोबेल कोरोना भाइसरको संक्रमण दर बढदै गए पछाडि दक्षिण कोरियामा रोजगारका लागि गएका नेपालीको विषयमा वैदेशिक रोजगार विभागले छलफल गर्ने भएको छ । दक्षिण कोरियामा रहेका नेपालीमा पनि संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेको छ ।
नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । हाससम्म दक्षिण कोरियामा यो संक्रमणबाट ५ सयभन्दा बढी संक्रमित फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश हरि फुयालको इजलासमा
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा
-
रविसहितका शीर्ष नेतालाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
-
५१ औँ दिन मनाउँदै ‘महाजात्रा’
-
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
भारत भ्रमणमा रहेका मालदिभ्सका विदेश मन्त्रीलाई एस जयशंकरले के भने ?