टाटाका स्कूल बस खरिद गर्दा एक लाख नगद छुटसँगै टिभी, मोबाइल, ल्यापटप उपहार
काठमाडौं– टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ ।
यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित सोटी ५५ इन्चको एलइडी स्मार्ट टिभी, सामसङ्ग नोट१० मोबाइल, म्याकबुक एयर ल्यापटप, क्यानन प्रोजेक्टर र थ्री इन वान प्रिन्टर मध्ये कुनै एक उपहार स्वरुप प्राप्त गर्न सकिने छ ।
यस योजनाले आफ्ना ग्राहकवर्गको वदलिदो ईच्छा र अकांक्षालाई पुरा गरि टाटा स्कूल बसलाई नेपाली बजारमा आफ्नो छुट्टै छबि बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ । यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको कम्पनीले बताएको छ ।
कम्पनीको अनुसार टाटा स्कूल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्वन्धि सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ । एसी र नन एसीको व्यवस्था सहित यि बसहरु १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलव्ध छन् । उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसहरुको लामो आयुको अतिरिक्त उत्कृट पूनः बिक्री मूल्य भएको पनि कम्पनी बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण