नेपालको नक्सा बनाउने काम अन्तिम चरणमा
शुक्रबार, १६ फागुन २०७६, १३ : १९
काठमाडौं । नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।
नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको बताउँदै उक्त समितिमा गृह, परराष्ट्र, संघीय मामिला, रक्षा मन्त्रालयका प्रतिनिधि रहेको बताइन् । नापी विभागको प्राविधिक टोलीले नक्सा बनाउने काम अन्तिम चरणमा पु¥याएको उनको भनाई छ ।
यस्तै सगरमाथाको उचाइको नाप्ने काम ९० प्रतिशत सकिएको र छिट्टै उचाई सार्वजनिक गर्ने मन्त्री अर्यालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण