मलेसियासँग २२ रनले हार्योे नेपाल
काठमाडौं । नेपाल एसीसी इस्टर्न रिजन पुरुष टी– २० कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग पराजित भएको छ । उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल शनिबार मलेसियासँग २२ रनले पराजित भएको हो । खराव सुरुवात गरेको नेपाललाई यस हारले उपाधि यात्रामा धक्का लाग्ने देखिएको छ ।
मलेसियाले दिएको एक सय ५५ रनको विजय लक्ष पछ्याएको नेपाल नेपालले १९.४ ओभरम सवै विकेटको क्षतिमा एक सय ३२ रनमा समेटिएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८÷३८ रन बनाए । पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले हार खान बाह्य भयो । पवन सर्राफले १९ र पारस खड्काले नौ रन बनाए । मलेसियाका शार्भिन मुनिन्डेले चार विकेट लिए । खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित ५१ रन बनाए । अनवर अरुदीनले ३१, मोहमद नुरले ३० र अमिनुदुन राम्लेले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।
सन्दीपले टी– २० क्रिकेटमा सतक विकेट लिने नेपालका कीर्तिमानी खेलाडी पनि बने । उनले ब्यक्तिगत एक सय दुई विकेट पूरा गरेका छन् । अविनाश बोहराले दुई र करण केसीको एक विकेट लिए नेपालले आइतबार हङकङसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार नै भएको अर्को खेलमा सिंगापुरले थाइल्याण्डलाई ४३ रनले हराएको छ । प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्ण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् । शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण