मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एकाएक करिश्माले रद्ध किन गरिन् होली कार्यक्रम ?

सोमबार, १९ फागुन २०७६, १७ : ४६
सोमबार, १९ फागुन २०७६

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्ष विशेष रुपले होली (फागु पूर्णिमा) मनाउँदै आएकी छिन् । खानपिन र भव्य पार्टी सहित उनले आफ्नै घरमा आयोजना गर्ने होली विशेष उत्सवमा हिट फ्लप, नयाँ पुराना प्रायः सबै कलाकारहरुको अलवा उल्लेख्य मात्रमा रंगपत्रकारको पनि जमघट हुँदै आएको थियो ।

विशेष आयोजना र सबै कलाकार भेला हुने भएकोले पनि अन्य स्थानको होली कार्यक्रम भन्दा पनि  सबैको प्रथामिकतामा करिश्माले आयोजना गर्ने कार्यक्रम पर्ने गथ्र्योे ।

यसवर्ष भने अभिनेत्री करिश्माले होली विशेष कार्यक्रम आयोजना नगर्ने भएकी छन् । अहिले विश्वमै फैलिएको कोरोना भाइरसको कारण उनले यो वर्ष होली कार्यक्रम नगर्ने निणर्य गरेकी हुन् ।

करिश्माले एक फेसबुक स्टाटस पोष्ट गर्दै यो वर्षको होली विशेष कार्यक्रम रद्द भएको जानकारी दिएकी छिन् । उनले विश्वमा चुनौतीको विषय बन्दै गएको कोरना भाइरसका कारण होली कार्यक्रममा रद्द गर्नु परेको जनाएकी हुन् ।

‘हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दशैं, तिहार होस् या फागु, गएको साल एसईई परीक्षाको कारणले मनाउन पाइएन, यो वर्ष उत्साही थियौं । होलीको बहानाले साथीभाई भेटघाट हुन्छ भनेर । तर, अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा यस्तो नजिकबाट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउदा सही हुन्छ । परिस्थिति सहज भएपछि त अनेकौं खुसी मनाउने नै हो,’ उनले स्टाटसमा लेखेकी छन् ।
करिश्माले स्वास्थ रहन र खुसी रहन सबैलाई अनुरोध समेत गरेकी छन् ।

कोरोना भाइरसबाट सतर्कता अपनाउन नेपाल सरकारले मानिसहरु भेला हुने ठुलो जमघट नगर्न आग्रह गरेको छ । त्यसैले पनि करिश्माले होली विषेश कार्यक्रम रद्द गरेको बुझिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप