एकाएक करिश्माले रद्ध किन गरिन् होली कार्यक्रम ?
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्ष विशेष रुपले होली (फागु पूर्णिमा) मनाउँदै आएकी छिन् । खानपिन र भव्य पार्टी सहित उनले आफ्नै घरमा आयोजना गर्ने होली विशेष उत्सवमा हिट फ्लप, नयाँ पुराना प्रायः सबै कलाकारहरुको अलवा उल्लेख्य मात्रमा रंगपत्रकारको पनि जमघट हुँदै आएको थियो ।
विशेष आयोजना र सबै कलाकार भेला हुने भएकोले पनि अन्य स्थानको होली कार्यक्रम भन्दा पनि सबैको प्रथामिकतामा करिश्माले आयोजना गर्ने कार्यक्रम पर्ने गथ्र्योे ।
यसवर्ष भने अभिनेत्री करिश्माले होली विशेष कार्यक्रम आयोजना नगर्ने भएकी छन् । अहिले विश्वमै फैलिएको कोरोना भाइरसको कारण उनले यो वर्ष होली कार्यक्रम नगर्ने निणर्य गरेकी हुन् ।
करिश्माले एक फेसबुक स्टाटस पोष्ट गर्दै यो वर्षको होली विशेष कार्यक्रम रद्द भएको जानकारी दिएकी छिन् । उनले विश्वमा चुनौतीको विषय बन्दै गएको कोरना भाइरसका कारण होली कार्यक्रममा रद्द गर्नु परेको जनाएकी हुन् ।
‘हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दशैं, तिहार होस् या फागु, गएको साल एसईई परीक्षाको कारणले मनाउन पाइएन, यो वर्ष उत्साही थियौं । होलीको बहानाले साथीभाई भेटघाट हुन्छ भनेर । तर, अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा यस्तो नजिकबाट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउदा सही हुन्छ । परिस्थिति सहज भएपछि त अनेकौं खुसी मनाउने नै हो,’ उनले स्टाटसमा लेखेकी छन् ।
करिश्माले स्वास्थ रहन र खुसी रहन सबैलाई अनुरोध समेत गरेकी छन् ।
कोरोना भाइरसबाट सतर्कता अपनाउन नेपाल सरकारले मानिसहरु भेला हुने ठुलो जमघट नगर्न आग्रह गरेको छ । त्यसैले पनि करिश्माले होली विषेश कार्यक्रम रद्द गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण