कोरोनाभाइरसको प्रभाव : नेकपा प्रदेशस्तरीय भेला र प्रशिक्षण स्थगित
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।
पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।
‘अहिले यस्तो अवस्थामा भेला तथा बैठक गर्न उपयुक्त नहुने देखेर पुर्व निर्धारित कार्यक्रम स्थगित गरिएको हो । उपयुक्त समयमा फेरि अर्को निर्णय गरेर कार्यक्रम राखिनेछ’, अध्यक्ष घिमिरेले रातोपाटीलाई जानकारी दिए । नेकपाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा आयोजना गरेको थियो । त्यसका लागि अगुवा कार्यकर्ता झापा पुगिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण