मेगा बैंकद्वारा धरानका विद्यार्थीलाई वित्तीय साक्षरता
धरान– मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जागरुक बनाएका थिए ।
वित्तीय जागरण गराउने उद्देश्यले मेगा बैंकले देशभर छरिएका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । यो अभियान जारी रहेको मेगा बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण