नम्बर प्लेष्ट स्पष्ट नभएका सवारी कार्वाहीमा
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, केरमेट भएको र खुइलिएको नम्बर प्लेट राखेर चल्ने सवारी साधनलाई कार्वाही गर्ने भएको छ । महाशाखाले टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई समेत विशेष कारवाही अभियानमार्फत कारवाही प्रक्रिया थालेको हो ।
महाशाखाका अनुसार नम्बर प्लेट नराखिएका र स्पष्ट नभएका १७० र मोटरगार्ड राखेर नम्बरप्लेट ढाकिएका २६ सवारी साधनमाथि कारवाही समेत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापहरूलाई रोक्न यो अभियान थालिएको हो ।
कार्वाहीमा परेका सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कार्वाही हुने जनाइएको छ । कुनै पनि सवारी नम्बर प्लेट नराखी चलाइएमा ट्राफिक प्रहरीले तत्काल ५०० देखि
१५०० रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण