बेल्जियममा एक नेपाली युवाद्वारा रेलको लिकमा हामफालेर आत्महत्या
मङ्गलबार, २० फागुन २०७६, २२ : ५७
बेल्जियम । बेल्जियममा एक नेपाली युवाले आत्महत्या गरेका छन् । पर्वत जिल्लाको धाइरिङ घर भएका ३५ वर्षीय सुमन जैसीले बेल्जियमको आस्कोस्थित रेल लिकमा हाम फालेर आत्महत्या गरेका हुन् ।
उनी लामो समयदेखि डिप्रेशनमा रहेको बताइएको छ । अन्तराजातीय विवाह गरेका कारण उनी परिवारबाट बहिस्करणमा परेका थिए। यद्यपि उनको बाबुआमा, श्रीमती र छोरी पनि बेल्जियममै रहेका छन् ।
यद्यपि पछिल्लो समय उनी श्रीमती र छोरीसँग समेत छुटेर अलग्गै बस्दै आएका थिए।
केही पछिल्लो समय आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेका थिए। उनी आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण