सिजनमै घट्यो सिमेन्ट र डन्डीको खपत
पूर्वाधार निर्माणका सामग्रीहरु बढी खपत हुने समय भनेर मंसिरदेखि बैशाखलाई मानिन्छ । तर, यही समयमा सिमेन्ट र फलामे छडका् खपतमा भने गतवर्षको भन्दा झण्डै दोब्बरले कमी आएको सिमेन्ट तथा छड उत्पादक बताउँछन् । यसको खपत कम हुनुमा पूर्वाधार निर्माणमा देखिएको सुस्ती र २ महिनादेखि चीनको हुबेई प्रान्तको ऊहान शहरबाट फैलिएको नोबल कोरोना (कोभिड–१९) भाइरस कारण भएको सिमेन्ट तथा डन्डी उत्पादकहरु बताउँछन् ।
गतवर्ष यही अवधिसम्म सिमेन्टको खपत ४० देखि ४५ प्रतिशतसम्म र डन्डीको खपत पनि सोही अनुपातमा रहेको थियो । तर, चालू आर्थिक वर्ष २०७६÷७७ को यस अवधिमा २५ देखि ३० प्रतिशतको आसपासमा खपत भएको सिमेन्ट र छड उत्पादकहरु बताउँछन् । पूँजीगत अर्थात् विकास खर्च परिचालनमा सुधार नहुँदा, निर्माणाधीन अवस्थाका परियोजनाहरुको काम तीव्र नहुँदा र विगत २ महीनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले मुलुकभित्रका ठूला आयोजनाको कामको गति सुस्त छ ।
यो खबर आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण