असोजमा ‘इन्च्यान्टर मिस टिन –२०१७’ हुने
काठमाडौँ - काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने भएको छ ।
जेसीजले सोमबार बेलुका पत्रकार सम्मेलन गरी आगामी असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा काठमाडौँ जेसीजका अध्यक्ष दीपक भण्डारीले देशभर रहेका १६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभा प्रष्फुटन गर्नका लागि हरेक वर्ष झैँ यो वर्षपनि मिस टिन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।
“सन् १९९४ मा काठमाडौँ जेसीजले मिस नेपाल प्रतियोगिताको आयोजना गरेको थियो । तर सन् २००२ देखि भने मिस टिन प्रतियोगिता आयोजना गर्दै आएको छ,”– अध्यक्ष भण्डारीले भने ।
जेसीजका सहसचिव कैलाश श्रेष्ठले सयौँ युवतीबाट छनोट गरी ३० जना युवतीलाई प्रतियोगितामा सामेल गराउन लागिएको जानकारी दिनुभयो । मिस टिनमा भाग लिने युवतीले मंगलबारदेखि तालिम लिनेछन् ।
महिलाको प्रतिभा बाहिर ल्याउनुका साथै नेतृत्व विकासमा समेत सहयोग पुग्ने प्रतियोगितामा अहिलेसम्म हजारौँ युवतीले भाग लिइसकेको काठमाडौँ जेसीजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण