संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौं: मुख्यमन्त्री भट्ट
अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक आयोगका सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताएका छन् । आज मधेशी आयोगले आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा मधेश समुदाय लक्षित कार्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले आयोगका सुझावलाई सङ्घीय सरकारको सिफारिस र सुझाव निष्पक्षरुपमा प्रदेश सरकारले लागू गर्ने बताए ।
मुख्यमन्त्री भट्टले परिवर्तनका ठूला कुरा गर्नुभन्दा साहस देखाएर अघि बढ्नुपर्ने बताउँदै समाजमा देखिएका सबैखाले विभेद, विकृति, विसङ्गतिको अन्त्य गर्नमा सबैले एकजुट हुनुपर्ने बताए । उनले समाजलाई उत्तेजिततर्फ बनाउनुभन्दा व्यवस्थित गर्नतिर छलफल चलाउन आवश्यक रहेको बताए । उनले लक्षित समुदायका समस्यालाई पहिचान गरी प्राथमिकीकरण गरेर काम गर्नुपर्ने सुझाव दिए ।
समाजमा चित्त बुझे राम्रो, नभए नराम्रो भन्ने प्रवृत्ति बढेर गएकामा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले असन्तुष्टि बढेपछि द्वन्द्व सिर्जना हुने बताए । उनले संविधानमा भएका व्यवस्थालाई लागू गर्न सरकारको मात्र भूमिका नभई सरोकारवाला पनि जिम्मेवार रहेको बताए । मुख्यमन्त्रीले आदिवासी, मधेशी, गरीब, विपन्न तथा उत्पीडित वर्गको आर्थिक–सामाजिक स्तर र जीविकोपार्जनमा सहयोग पु¥याउन तीनवटै तहका सरकारले कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु