जिप दुर्घटनामा वडा सचिवको मृत्यु
बिहीबार, २२ फागुन २०७६, ०८ : २८
गोरखा : गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो ।
बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा उपप्रमुख फुलमाया गुरुङ , चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंह गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार घाइतेहरुलाई धोर्चेतको जंगलबाट उद्दार गरी करिब ३० मिनेटको दुरीमा रहेको मान्बु स्वास्थ्य इकार्इमा राखिएको र उनीहरुको उद्दारको लागि हेलिकोप्टरको व्यवस्था गरिँदैछ ।
तस्बिरः मोहसिन अलि मियाँको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण