बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

उत्तमले ल्याए ‘यो यात्रा’

मङ्गलबार, १३ भदौ २०७४, १० : ४९
मङ्गलबार, १३ भदौ २०७४

काठमाडौं– गायक तथा संगीतकार उत्तम थापा मगरले चौथो एल्बम ‘यो यात्रा’ ल्याएका छन् । सांगीतिककार गुरुदेव कामत, राजु सिंह लगायतका व्यक्तित्वले राजधानीमा आयोजित एक कार्यक्रममा एल्बम विमोचन गरेका हुन् ।
एल्बममा आधुनिक तथा लोक शैलीका ८ गीत समावेश छन् । विमोचित एल्बमका सबै गीतमा गायक थापाकै संगीत छ । एल्बमका ती गीतहरु उत्तम थापा मगर, मनोज धमला, डिपी खनाल, ओम सुनार तथा सुमन लम्सालले रचना गरेका छन् । चन्दु गोर्खाली, सञ्जिव सुब्बा, राजिव शाह, दिपेश प्रधान, चा“द सिंह तथा बुद्ध सान्बोद्वारा संगीत संयोजन गरिएका गीतहरुको उक्त एल्बमलाई सङ्सनेपालले प्रस्तुत गरेको हो । विमोचन समारोहमा एल्बमको पहिलो गीत ‘जोर मादल’ को म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।
समारोहमा सांगीतिक गुरु गुरुदेव कामतले गायक थापालाई आफ्नो कान्छो छोराको रुपमा संगीत सिकाएको स्मरण गर्दै उनको गायकीको प्रसंसा गरे । संगीतकार राजुृ सिंहले पनि गायक थापा संगीतमा मेहनत गर्न पछि नपर्ने प्रतिभा भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप