हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली
शुक्रबार, २३ फागुन २०७६, १६ : २१
काठमाडौं । बुधबार मृर्गौला प्रत्यारोपन गरेर उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको र आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको जनाएको हो ।
अस्पतालका अनुसार प्रधानमन्त्री ओलीका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीलाई मृर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ । उनलाई पनि ठोस आहारा दिन थालिएको जनाइएको छ । प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण