बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई

बिहीबार, ३२ असार २०८३, २० : ५४
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महवारले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटघाटमा नेपाल र भारतबिच रहेको शताब्दीऔँ पुरानो, घनीष्ठ र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

दुवै पक्षबिच आपसी हितका विविध क्षेत्र, द्विपक्षीय सहयोगको विस्तार तथा साझेदारीलाई अझ मजबुत र गतिशील बनाउने उपायहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

पोखरामा सम्पन्न भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा सहभागी भई काठमाडौँ आएका अतिरिक्त सचिव महवार उच्चस्तरीय राजनीतिक व्यस्त छन् ।

आजै उनले परराष्ट्र सचिव अमृतबहादुर राइसँग पनि भेटवार्ता गरेका थिए । नेपाल र भारतबाट उच्चस्तरीय भ्रमण हुने विषयमा पनि परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिवबिच कुराकानी भएको बताइएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको स्थगित नेपाल भ्रमण उपयुक्त समयमा हुने कुराकानी भएको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह पनि उपयुक्त समयमा भारतको भ्रमण गर्ने कुराकानी भएको स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप