अस्पतालको शैय्याबाटै बोले प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई शुक्रबारबाट हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।
उनलाई शुक्रबारबाट नै ठोस आहार दिन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामानय रहेको उनले बताए । डा.खड्काले मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको बताएका छन् । उनलाई पनि ठोस आहार दिन थालिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री आफैले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई टेलिफोन गरेर आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिनुभएको बताए । प्रधानमन्त्री ओलीले रिमाललाई टेलिफोनमा ‘मेरो स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । म छिटो काममा फर्किन्छु । यो कुरा साथीहरुलाई, देशवासीहरुलाई भनिदिनुहोला’, भनेको थापाले बताए । अहिले उपचारमा संलग्न चिकित्सकको टोली बाहेक कसैलाई पनि भेट्न नदिएको पनि थापाले बताएका छन् ।
सोमबार अस्पताल भर्ना भएका ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो । १२ ओलीको भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण