शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१५ सय ठेक्काको म्याद थपियो, गडबड गरे बीचमै ठेक्का रद्ध

आइतबार, २५ फागुन २०७६, ०७ : २३
आइतबार, २५ फागुन २०७६

सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीलाई अन्तिम पटकका लागि काम गर्ने अवसर प्रदान गरको छ । 
ती म्याद थपिएका निर्माण कम्पनीले तोकिएको अवधिभित्र आफ्नो काम सम्पन्न गरिसक्नुपर्नेछ । 
वर्ष दिनसम्म पनि काम सम्पन्न गर्न नसके ठेक्का तोड्ने सरकारको तयारी छ भने मासिक रुपमा प्रगति देखाउन नसकेमा बीचैमा पनि ठेक्का तोड्ने रणनीति सरकारले लिएको छ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले लामो समयसम्म रुग्ण रहेका ठेक्का व्यवस्थापन गर्नका लागि सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन भएपश्चान १५ सय वटा ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याएको बताए । राजधानी दैनिकमा खबर छापिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप