चीनको क्वारेन्टाइन होटल भत्किँदा ७० बढी पुरिए
चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार एक होटल भत्किएको छ । कोरोना भाइरस फैलिएपछि उक्त होटललाई अस्थायी सेन्टरको रुपमा प्रयोग गरिँदै आएको थियो । यहाँ संक्रमणका संदिग्ध बिरामीलाई उपचारका लागि राखिएको थियो । अधिकारीका अनुसार ७० व्यक्ति भग्नावशेषमा पुरिए, उद्धारकर्मीले तीमध्ये ४७ जनालाई निकालेका छन् । केही मानिसको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भने भइसकेको छैन ।
आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् । चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । यसमा उद्धारकर्मीले एक महिलालाई भग्नावशेषबाट निकालेर एम्बुलेन्समा राखेका छन् ।
16 people have been rescued after a hotel building collapsed in the city of Quanzhou, east China's Fujian Province, Saturday evening. pic.twitter.com/K897TJUaSu
— China Xinhua News (@XHNews) March 7, 2020
चाइना डेलीका अनुसार घटना शनिबार बेलुका साढे ७ बजेको हो । दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । राहत र उद्धारकर्मी घटनास्थलमा छन् । अहिलेसम्म ४७ जनालाई भग्नावशेषबाट निकाल्न सफलता पाइएको छ । अधिकारीका अनुसार भवन के कारण भत्कियो त्यसबारे पत्ता लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण