प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिन थालियो
आइतबार, २५ फागुन २०७६, १६ : ४४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा प्रमको स्वाश्थ्यमा क्रमिक सुधारका लक्षणहरु देखिन थालेको उल्लेख छ ।
‘प्रधानमन्त्रीको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य छन्’, अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खडगाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीको मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण