जिप दुर्घटनाका घाइतेको हेलिकोप्टरमार्फत उद्धार
बैतडी । यहाँ आज भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दार्चुला दुहू गाउँपालिकाका ३८ वर्षीय हरकसिंह बडाल र ४१ वर्षीय प्रेमबल्लभ जोशीलाई नेपालगञ्ज लगिएको हो ।
बडाल र जोशीको बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा लगिएकामा त्यहाँ पनि उपचार हुन नसकी हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले बताए । उनीहरुको टाउकामा गहिरो चोट लागेको छ ।
धनगढीबाट दार्चुला जाँदै गरेको सुप ००१ ज १२५७ नंको जीप आज दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा परेको हो । दुर्घटनामा जीप चालक ३५ वर्षीय धनसिंह बडालको घटनास्थलमा नै मृत्यु भएको थियो । चालकको शवपरीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
यसैबीच दुर्घटनामा परी घाइते भएका दार्चुला दुहूकै २३ वर्षीय सुरेन्द्र बम, २० वर्षीया हेमन्ती बम र ४१ वर्षीय धनराज जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुहूकै २२ वर्षीया द्रौपदी जोशीको पाटनमा उपचार भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट २५० मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण