सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जिप दुर्घटनाका घाइतेको हेलिकोप्टरमार्फत उद्धार

आइतबार, २५ फागुन २०७६, १९ : ०२
आइतबार, २५ फागुन २०७६

बैतडी । यहाँ आज भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दार्चुला दुहू गाउँपालिकाका ३८ वर्षीय हरकसिंह बडाल र ४१ वर्षीय प्रेमबल्लभ जोशीलाई नेपालगञ्ज लगिएको हो । 

बडाल र जोशीको बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा लगिएकामा त्यहाँ पनि उपचार हुन नसकी हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले बताए । उनीहरुको टाउकामा गहिरो चोट लागेको छ ।  

धनगढीबाट दार्चुला जाँदै गरेको  सुप ००१ ज १२५७ नंको जीप आज दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा परेको हो । दुर्घटनामा जीप चालक ३५ वर्षीय धनसिंह बडालको घटनास्थलमा नै मृत्यु भएको थियो । चालकको शवपरीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।  

यसैबीच दुर्घटनामा परी घाइते भएका दार्चुला दुहूकै २३ वर्षीय सुरेन्द्र बम, २० वर्षीया हेमन्ती बम र ४१ वर्षीय धनराज जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुहूकै २२ वर्षीया द्रौपदी जोशीको पाटनमा उपचार भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट २५० मिटर तल खसेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप