शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकमा आकासे पुल

सोमबार, २६ फागुन २०७६, ०७ : १७
सोमबार, २६ फागुन २०७६

काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा आकासे पुल बन्ने भएको छ । 

संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो । 

नगरपालिकाले चालू आर्थिक वर्षमा आकासे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ । सर्वसाधारणलाई बाटो काट्न सहजताका लागि आकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले आकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वाससमेत लिएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप