पोखराको सुनसान सडकमा विदेशीको होली
सोमबार, २६ फागुन २०७६, १६ : ४०
पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसको कारण त्रासमा छन् पोखरेली । सँधैजसो विदेशी पर्यटकको ओहोरदोहोरले व्यस्त रहने लेकसाइड आजाभोली सुनसान छ । सोमबार अर्थात फागुन शुक्ल अष्टमीको दिन फागुपर्व (होली) । फागु पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । रंगहरुको पर्वमा पनि लेकसाइड बेरंगिन बनेको छ । विगतका वर्षहरुमा रंग दल्दै शुभेच्छा साट्दै होली मनाउँदै आएका पोखरेलीहरु यो होलीमा भने त्यति खुलेर रंगिएनन् ।
एकाध बाहेक कसैले पनि रंगिन चाहेनन् । तर, फरक संस्कृति र भिन्न परिवेशका विदेशी पर्यटकले भने मज्जैले होली मनाएका छन् । सुनसान सडकमा निस्केर उनीहरुले होली मनाए । बाटोमा हिँड्ने कोही रंगीन चाहनेलाई पनि उनीहरुले रंगाई दिए । पोखरेलीहरु रंगीन नचाहे पनि विदेशीहरु भने मज्जैले रंगिएका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण