७५ लाख चेक बाउन्स मुद्दामा फरार भेटवालद्वारा आत्मसमर्पण
काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् ।
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् ।
भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए ।
‘प्रहरीले उनलाई खोजीरहेको थियो । मंगलबार बिहान उनी भारतबाट त्रिवि एयरपोर्ट हुदै प्रहरी परिसर टेकुआएका हुन्’, महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ताडीएसपी होविन्द्र बोगटीले बताए ।
डीएसपी बोगटीका अनुसार भेटवालमाथि७५ लाख १० हजार चेक वाउन्सको उजुरी परेको छ ।
प्रवक्ता बोगटीका अनुसार भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्यादथप्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण