प्रधानमन्त्रीलाई पूरै सक्रिय हुन ६ महिनादेखि १ वर्षसम्मको समयावधि लाग्ने
काठमाडौँ । सामान्य अवस्थामा फर्किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिनादेखि १ वर्षसम्मको समयावधि लाग्ने चिकित्सकहरुले बताएका छन् ।
मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएपनि पुरै सक्रिय हुन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताइन् ।
उनले अब प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने बतााइन् ।
‘डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहानुहुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’, डाक्टर शाहको भनाइ छ । ‘यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपी जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ’ शाहले जानकारी दिइन् ।
ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको चिकित्सकहरुले बताउँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण