कोरोना महामारीः मंगलबार २ सय ५६ जनाको मृत्यु, कुन देशमा कति ?
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ७ सय ६१ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ६० हजार १ सय १३ जना निको भएका छन् ।
चीनभन्दा पछि सबैभन्दा बढी प्रभावित भएको मुलुक इटाली देखिएको छ । इटालीमा अहिलेसम्म ६ सय ३१ जनाको मृत्यु भएको छ । मंगलबार मात्रै त्यहाँ १ सय ६८ जनाको मृत्यु भएको छ । इटालीमा १० हजार १ सय ४९ जनामा उक्त भाइरसबाट संक्रमित बिरामीहरु रहेका छन् । त्यस्तै इरानमा २ सय ९१ जनाको मृत्यु भएको छ भने ८ हजार ४२ जनामा संक्रमणको पुष्टि भएको छ । मंगलबार एकैदिनमा त्यहाँ ५४ जनाको मृत्यु भएको छ ।
त्यस्तै दक्षिण कोरिया र स्पेनमा क्रमसः ५८ र ३५ जनाको मृत्यु भएको छ । यी दुई देशमा क्रमसः ७ हजार ५ सय १३ र १ हजार ६ सय ७४ जनामा संक्रमण भएको छ । मंगलबार ती देशमा ५–५ जनाको मृत्यु भएको छ भने अमेरिकामा–२, जापानमा–१, स्वीटजरल्यान्डमा–१, बेलायतमा–१, लेबनानमा –१ र मोरक्कोमा पनि १ जनाको मृत्यु भएको छ । यसरी मंगलबार एकैदिन विश्वभर २ सय ५६ जनाले सो भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
विश्वभर महामारी सुरु भएयता १ सय १० भन्दा बढी मुलुकमा फैलिसकेको उक्त संक्रमणका कारण १ लाख १८ हजार २ जना प्रभावित भएका छन् । त्यस्तै आज एकैदिन ३ हजार ६ सय ४० जना नयाँ संक्रमित बिरामीहरु थपिएका छन् । चीनको उहानबाट सुरु भएको उक्त महामारीबाट मर्नेको संख्या चीनमै भने ह्वात्तै घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण