पुस्तक बिक्रीको रकम धरहरा पुनःनिर्माणमा
काठमाडौं – कवि तथा कलाकार ध्रुवप्रसाद गजुरेलले आफ्नो पुस्तक ‘इतिहासमा वि.सं २०७२’ विक्री वापत प्राप्त रु ८२ हजार २८ रुपैयाँ धरहरा निर्माण अभियानको खातामा जम्मा गराएका छन् ।
धरहरा निर्माणकै लागि योगदान पु¥याउने उद्देश्यले गजुरेलको लेखनमा बनेको गाईजात्रा भिडियो ‘हनुमानको नेपाल यात्रा’ सार्वजनिक गराएका छन् । धरहरा पुनःनिर्माण अभियानमा सहयोग पु¥याउने उदेश्य राखी निर्माण गरिएको उक्त गाईजात्रा श्रीराम इन्टरटेन्मेण्टले निर्माण गरेको हो । युटुब च्यानलमार्फत् प्राप्त हुन आउने रकम निर्माता कम्पनीबाट सोझै धरहरा निर्माणको खातामा जम्मा हुने निर्माता कम्पनीले जनाएको छ ।
२०७२ को महाभूकम्पमा ढलेको धरहरा राष्ट्रको धरोहरका रुपमा पुन निर्माण गर्नेे हेतुले अभियान नै चलाएको र देश र देश बाहिरबाट पनि सो अभियानमा रकम जुटिरहेको गजुरेलले बताए । उनले फेसबुक मार्फत् रकम जम्मा गरेको भौचार फेसबुकमार्फत् सार्वजनिक गर्ने गरेका छन् । धरहरा निर्माण सम्पन्न नभएसम्म अभियान जारी राख्ने गजुरेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण