पाल्पामा भ्यान दुर्घटना, चालकसहित ६ जना घाइते
बिहीबार, २९ फागुन २०७६, १३ : १०
बुटवल । पाल्पाको तानसेनमा आज भ्यान दुर्घटनमा हुदाँ चालकसहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तानसेनबाट दर्लमडाँडातर्फ जाँदै गरेको लु १ ज २५३९ नम्बरको भ्यान बगनासकाली गाउँपालिका–९, चापपानीको ठकुरीबारी मोडमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
भ्यान दुर्घटना तानसेनका पवन राना, निर्मला खराल, शिव खराल, नवलपरासी बर्दघाटका सरस्वती चापागाईं, रुपन्देही नहरपुरकी मिना भट्टराई र बिना बस्यालको मिसन अस्पतालमा उपचार भइरहेको छ । भ्यान अनियन्त्रित भई बाटोमै पल्टिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण