शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

‘एक भिलेन’ मा तारा

बिहीबार, २९ फागुन २०७६, १७ : ३५
बिहीबार, २९ फागुन २०७६

मुम्बई । अभिनेत्री तारा सुतारियाले बलिउडमा भर्खर दुई फिल्म दिएकी छन् । ‘स्टुडेन्ट अफ द ईयर’ र ‘मरजावा’ । ‘स्टुडेन्ट अफ द ईयर’ बाट अभिनयमा डेब्यु गरेकी ताराको ‘मरजावा’ व्यवसाय पनि राम्रो भएको थियो । तारा अब सुपरहिट फिल्म ‘एक भिलेन’को सिक्वेलमा पनि देखिने भएकी छन् ।

फिल्ममा उनी अभिनेता आदित्य राय कपुरको जोडीको रुपमा देखिन लागेकी हुन् । जोन अब्राहम र दिशा पाटनीको पनि यसमा  महत्वपुर्ण भूमिका रहेको छ । फिल्म मोहित सुरीले निर्देशन गर्न लागेका हुन् । जसको निर्माताको रुपमा एकता कपुर र भूषणकुमार रहेका छन् । फिल्मको सुटिङ आगामी जुनमा सुरु हुनेछ भने रिलिज अर्काे वर्ष बताइएको छ ।

ताराको यस अगाडि आएको ‘मरजावा’ फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । तारा अहिले फिल्म ‘तडप’को सुटिङमा व्यस्त रहेकी छन् । यसमा उनको अलवा सुनिल शेट्टी पनि मुख्य भूमिकामा रहेका छन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप