पाल्पाबाट दालचिनी भारत निर्यात
पाल्पा । चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।
डिभिजन वन कार्यालय, पाल्पका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो ।
उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो । कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको बताए ।
गत आवमा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७३१ किलो तेजपात निकासी भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार आव २०८०/८१ मा एक लाख ७६ हजार ६९७ किलो, २०७९/८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८/०७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७/०७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको हो ।
त्यसैगरी, तेजपात निर्यातमा पनि वृद्धि भएको छ । आव २०८०/०८१ मा सात लाख छ हजार ७९० किलो रहेको तेजपात निकासी गत वर्ष आठ लाख ८१ हजार ७३१ किलो पुगेको थियो । चालु आवमा बढेर १२ लाख ८८ हजार ४८२ किलो पुगेको कार्यालयले जनाएको छ ।
पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत हो । तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताए । उनले किसानले तेजपात प्रतिकिलो रु ५० देखि ६० र दालचिनी प्रतिकिलो रु १०० मा बिक्री गर्दै आएको बताए ।
दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवद्र्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पीएनओलाई नागरिकता होइन, पुर्ख्यौली नेपालको पहिचान चाहिन्छ'
-
‘जेलर २’ आगामी १५ अक्टोबरमा रिलिज हुने
-
संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ : उपेन्द्र यादव
-
निर्मलाको न्याय : ८ वर्ष, ९ समिति, नतिजा शून्य !
-
कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रामा निस्किए जेनजी अभियन्ता
-
रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण