४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान
सारांश
- पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले ४१ वर्ष १४७ दिनको उमेरमा विश्वकपको नकआउट चरणमा खेल खेल्ने र गोल गर्ने इतिहास रचेका छन्।
- यो खेलसँगै रोनाल्डो विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन्।
- विश्वकपको इतिहासमा ४० वर्षभन्दा बढी उमेरका दुई खेलाडी (रोनाल्डो र मोड्रिच) एकअर्काविरुद्ध खेलेको यो पहिलो पटक हो।
टोरन्टी । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले सन् २०२६ को फिफा विश्वकप अन्तर्गत क्रोएसियाविरुद्धको अन्तिम ३२ को खेलमा मैदान उत्रिँदै र गोल गर्दै इतिहास रचेका छन्। यो खेलसँगै उनले आफ्नो नाममा एकैपटक दुईवटा ऐतिहासिक कीर्तिमान दर्ता गराउन सफल भएका हुन् ।
बिहीबार भएको उक्त रोमान्चक खेलमा मैदान प्रवेश गर्दा रोनाल्डो ४१ वर्ष १४७ दिनका थिए। योसँगै उनी विश्वकपको नकआउट चरणको खेल खेल्ने इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। इतिहास रच्ने क्रम त्यतिमा मात्रै सीमित रहेन, खेलको ६८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उनी विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाको खेलाडी समेत बने। रोनाल्डोको विश्वकप इतिहासमा नकआउट चरण भित्र भएको यो पहिलो गोल हो।
बिहीबारको खेल रोनाल्डोको करियरको २६ औँ विश्वकप खेल थियो। योसँगै उनी विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडीको सूचीमा जर्मनीका पूर्व मिडफिल्डर लोथर म्याथ्युजभन्दा मात्र एक खेलले मात्र पछि परेका छन्। म्याथ्युजको नाममा २७ खेलको रेकर्ड छ भने अर्जेन्टिनाका स्टार लियोनेल मेस्सी २९ खेलसहित शीर्ष स्थानमा छन्।
सन् २००६ को विश्वकपमा पोर्चुगललाई चौथो स्थान दिलाएयता रोनाल्डोले बिहीबारअघिसम्म विश्वकपको नकआउट चरणमा मात्र एक जित हात पारेका थिए। तर क्रोएसियाविरुद्धको खेलमा उनको पेनाल्टी गोलले पोर्चुगललाई खेलमा फर्काउन मद्दत गर्यो। रोनाल्डोले खेललाई बराबरीमा ल्याएपछि इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गोल गर्दै पोर्चुगललाई जित दिलाए।
बिहीबारको खेलमा ४० वर्ष कटिसकेका रोनाल्डो मात्र एक्ला स्टार थिएनन्। क्रोएसियाका कप्तान लुका मोड्रिच पनि ४० वर्ष २९६ दिनको उमेरमा टोलीको नेतृत्व गर्दै मैदान उत्रिएका थिए। विश्वकपको इतिहासमा ४० वर्षभन्दा बढी उमेरका दुई आउटफिल्ड खेलाडीहरू एकअर्काविरुद्ध मैदानमा भिडेको यो नै पहिलो अवसर हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फ्री भिसा फ्री टिकट नीति असफल भइसक्यो’
-
भारतीय सहयोगमा पुनर्निर्माण भएको ज्येष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण
-
जुलाई ५ मा तेस्रो बिहे गर्दैछन् आमिर खान
-
फ्री भिसा फ्री टिकट नीति ठीक छैन भन्दैमा नमान्ने छुट कसैलाई छैन
-
ट्रम्प प्रशासनलाई कम्पनीको ५ प्रतिशत हिस्सा दिँदैछ ओपनएआई
-
अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकपकाे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण