खानेपानीको मुहानमा ‘कोलीफर्म’ भेटियाे
बागलुङ। यहाँस्थित ७७ स्थानका खानेपानी मुहानमा दिशामा पाइने कीटाणु (कोलीफर्म) भेटिएको छ।
गाउँगाउँमा पुगेर खानेपानीका मुहानबाट नमूना पानी सङ्कलन गरी स्वास्थ्य कार्यालयको ल्यावमा परीक्षण गर्दा कोलिफर्मका कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङ्का प्रमुख प्रवीण शर्माले जानकारी दिए।
स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा उक्त कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्लीप्रसाद आचार्यले बताउनुभयो । खानेपानी गुणस्तर सर्भिलेन्सअन्तर्गत जिल्लाका ३६९ खानेपानीको मुहान परीक्षण गरिएको थियो।
टेक्निसियन आचार्यले कोलिफर्म भेट्टिएका मुहानबाट सिधै प्राप्त हुने पानी नपिउन उपभोक्तालाई आग्रह गर्नुभयो । धौलागिरी अस्पताल बागलुङका डा सन्दीप केसी कोलिर्फम भेट्टिएका पानी पिउनाले ज्वरो, झाडापखाला, मलेरिया, टाइफाइट जस्ता रोग लाग्ने बताउँछन्।
बागलुङ्का १० स्थानीय तहमध्ये ताराखोला गाउँपालिकाकामा रहेका पानीको मुहान परीक्षण हुन बाँकी छ, भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा ‘कोलीफर्म’ देखिएको छैन।
सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ । जैमिनी नगरपालिकाको १३८ खानेपानीको मुहान परीक्षण गर्दा २७ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ।
चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खानु हानिकारक हुन्छ, खानेपानीलाई उमालेर अथवा अन्य विधिको प्रयोग गरेर मात्रै पिउन अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
-
१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण