कोरोना महामारी फैलिएपछि भारतीय प्रधानमन्त्री मोदीले सम्झिए सार्क
काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क)लाई सम्झिएका छन् । कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले सार्क मुलुकहरुले अब महामारीविरुद्ध लड्न एउटा दरिलो रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिले मानवजातिको अस्तित्व रहेको ग्रहनै कोभिड–१९ महामारीको चपेटमा परेको र समग्र विश्व र दक्षिण एसियाले उक्त चुनौती सामना गरिरहेको बताएका छन् ।
यसअघि प्रधानमन्त्री मोदीले पाकिस्तान समेत सदस्य रहेको सार्क संगठनको बेवास्ता गर्दै बिमेस्टकलाई अघि बढाउने रणनीति लिएका थिए । पाकिस्तानमा प्रस्ताव गरिएको १९ औं सार्क शिखर सम्मेलनलाई समेत भारतले बेवास्ता गर्दै आएको छ ।
भारत र पाकिस्तानको द्वन्द्व उत्कर्षमा पुगेपछि भारतले सार्कलाई बेवास्ता गर्दै बिमस्टेक (वे अफ बंगाल इनिसियटिभ्स फर मल्टि सेक्टरल, टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन) लाई विशेष प्राथमिकतामा राखेको आरोप लाग्दै आएको छ ।
नेपालमा सम्पन्न १८ औं शिखर सम्मेलनपछि अहिलेसम्म सार्क सम्मेलन हुन सकेको छैन । सार्क संगठनमा भारतसहित नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सदस्य राष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण