शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शेरबहादुरसँग शशांकको दोस्रो लडाई,  बूढानीलकण्ठ पुगेर बुझाए ध्यानाकर्षण पत्र

शुक्रबार, ३० फागुन २०७६, २० : ११
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी जिल्लाका सभापतिको विषयमा पार्टी सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाएका छन् । महामन्त्री कोइरालाले शुक्रबार बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर उनलाई ध्यानाकर्षण पत्र बझाएका हुन्

सभापति शेरबहादुर देउवाले  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका कार्यवाहक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसेर विष्णुप्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएपछि कोइरालाले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

 यही विषयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फागुन २८ गते पार्टी कार्यालाय र २९ गते नेता अर्जुननरसिंह केसीको निवास गंगोबुमा आन्तरिक छलफल गरेको थियो । सोही छलफलको निर्णय अनुसार महामन्त्री कोइरालाले शुक्रबार पत्र बुझाएका हुन् ।

आम निर्वाचनपछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर लामो समय देउवालाई साथ दिएको र पछिल्लाे समय पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको पत्रमा उल्लेख छ । 

यस्तो परिस्थितिको अन्त्य गरी  सबै बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न नेताहरूबीच बीचछलफल र कुराकानी भैरहेको बखतमा विधानमा तोकिए बाहेकका विभाग बनाइनु, पार्टीका केही नेतालाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टी भित्र एकताको वातावरण थप बिथोलिएको उनको बुझाइ छ ।


संघीय संरचनाअनुसार साविकको नवलपरासी जिल्ला विभाजित भएर नवलपुर र नवालपरासी गरी दुई जिल्ला बनेको छ । तत्कालीन नवलपरासीका जिल्ला सभापति विष्णु लामिछाने नवलपुरका जिल्ला सभापति बनेका छन् ।

यसअघि लामिछानेले तत्कालीन नवलपरासीका उपसभापति पोखरेललाई  नवलपरासीको कार्यवहाक सभापतिको जिम्मेवजारी दिएका थिए । पार्टी संगठन समायोजनको विधिअनुसार पनि विभाजन भएको जिल्लामा उपसभापतिलाई सभापतिको जिम्मेवारी दिइने बताइएको थियो ।

तर पोखेरल महाधिवेशन प्रतिनिधि नभएकाले पौडेललाई जिम्मेवारी दिइएको थियो । दुई वटा निर्वाचन क्षेत्र भएको जिल्लाको सभापति हुन महाधिवेशन प्रतिनिधि हुनपर्ने पार्टी विधानको व्यवस्थामा टेकेर देउवाले पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएका थिए । नवलपरासीमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

महामन्त्री कोइरालाले कार्यवाहक कार्यवाहक सभापतिका हकमा उक्त प्रावधान लागू नहुने बताए । विधानको धारा ५० को ८ मा सभापतिहरुको मृत्यु वा राजीनामाको कारणले पद रिक्त हुन गएमा सम्बनिधत समितिका उपसभापति कार्यवाहक सभापति हुने उल्लेख छ ।

सोही विधानको ब्याख्य गर्दै महामन्त्री कोइरालाले पोखरेललाई कार्यवाहको यथावत राख्न माग गरेका छन् । यस्तै यसअघि पनि सभापति देउवाले बेल्जियम जनसम्पर्क समिति अध्यक्ष सीता सापकोटाको जिम्मेवारी खोसेका थिए । महामन्त्री कोइरालाले अर्को पत्र पठाउँदै सापकोटाको पद थमौती दिएका थिए ।

उनले नवलपरासीलाई निर्वाचन क्षेत्र बनाउँदै आएका छन् । गत निर्वाचनमा महामन्त्री कोइराला नवलपरासी  (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका थिए । त्यसैले पनि उनी यस विषयमा निकै गम्भीर देखिएका छन् ।

कोइरालाले  देउवालाई बुझाएको पत्र 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप